
झापामा विपुल पोखरेललाई १२०, निर्मला शर्मालाई १११ मत
फरकसन्देश || २०७७ चैत २६ बिहिबार 09:25 PM
Tweet

झापा : नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पार्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० मत पाउनुभएकाे छ । सत्तापक्षीय चौतारी निकट निर्मला शर्माले १११ मत पाउनुभएकाे छ ।
जिल्ला शाखाका पदाधिकारीहरूमा पनि सत्ताइत्तर पक्षका बहुमत पदाधिकारीले जितेका छन् । युनियनका तर्फबाट एकराज गिरीले जिल्ला सभापतिमा जित हात पार्नुभएकाे छ ।
