पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा शर्मा निर्वाचित

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 09:12 PM

पोखरा : नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित हुनुभएकाे छ । बुधबार प्रदेशका ११ जिल्लामा सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट उमेदवार बन्नुभएका शर्माले ५३८ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे । 

प्रेस चौतारीका तर्फबाट उमेदवार बन्नुभएका उहाँका प्रतिस्पर्धी दिपेन्द्र श्रेष्ठले ४१४ मत ल्याएर पराजित हुनुभयाे । शर्मा र श्रेष्ठबीचको मतान्तर १२४ रहेको छ । विजयी हुनुभएका शर्मा नवलपरासीमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएकाे छ । 

त्यसैगरी महासंघ प्रदेशको खुल्ला उपाध्यक्षमा दिपक भट्टराईले ५२२ मत पाएर विजयी हुनुभएकाे छ । महिला उपाध्यक्षमा सोनी शर्मा (५५२), महासचिवमा गोविन्द सुवेदी (५७३), खुल्ला सचिवमा यदुनाथ बन्जरा (५९२), समावेशी सचिवमा शुशिलबावु श्रेष्ठ (५२४), कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३), खुल्ला सदस्यहरूमा क्रमश ताराप्रसाद शर्मा (६०९), परशुराम शर्मा आचार्य (६०६),प्रकाश डोटेल(६०५),प्रदिप पौडेल (६६७),रमेश वास्ताकोटी (५३२),लोक बहादुर सुनार (५३४),शुनिल पाण्डे (६२६) मत ल्याएर विजयी हुनुभएकाे छ ।

त्यस्तै महिला सदस्यहरूमा रञ्जिता शर्मा (५५५), राधिका शर्मा कंडेल(६१८) र रोशनी गुरुङ (५६९) मत पाएर विजयी हुनुभएकाे छ ।

दलितमा साने बहादुर नेपाली, आदिवासी जनजातिमा रामजी राना र रुद्ध बहादुर थापा,अल्पसंख्यकमा पदम छन्त्याल निर्वाचित हुनुभएकाे छ ।  

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]