जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु वन्यजन्तु आरक्ष प्रवेशमा रोक

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 11:53 AM

इनरुवा : प्रदेश १ को महत्वपूर्ण पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा केही दिनयता जंगली हात्तीको गतिविधि बढेको छ । आरक्षमा अस्वभाविक रुपमा जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु आरक्षमा पर्यटक र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । कोशी टप्पु आरक्षमा बुधबारदेखि जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु आरक्षमा व्यक्ति प्रवेशमा रोक लगाएको आरक्षले जनाएको छ ।

जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ । आरक्ष कार्यालयले सूचना जारी गर्दै बुधबारदेखि २०७८ वैशाख ७ गते सम्मको लागि पर्यटक तथा सर्वसाधारणलाई आरक्ष प्रवेशमा रोक लगाइएको जनाएको छ ।

आरक्षले चारपाङग्रे बन्द गाडीसहितका पर्यटक आएमा प्रवेश दिइने बताए पनि जोखिम रहेकाले भैपरी अवस्था बाहेक सकेसम्म तत्काल आरक्ष क्षेत्रको भ्रमणमा नआउन भनेको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले आरक्षमा मकुनासहितका जंगली हात्तीको गतिविधि बढेकाले जोखिम देखिएको हँुदा सम्भावित दुर्घटनाबाट जोगाउन आरक्ष प्रवेशमा निषेध गरिने निर्णय गरिएको बताउनुभयो ।

कार्यालयका अनुसार आरक्षभित्र जंगली हात्तीको थप झुण्ड समेत देखिएको छ । सो कारण समेत आरक्षमा आगन्तुकलगायतको प्रवेशमा पूर्ण रोक लगाइएको जनाएको छ । आरक्षको कार्यालयले हात्तीको गतिविधि उपर निगरानी थालिएको समेत जनाएको छ ।

आरक्षमा हाल १० वटाभन्दा बढीको संख्यामा जंगली हात्तीको गतिविधि बढेको कोशीटप्पु वन्यजन्तु आरक्षको अनुमान छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]