बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासभित्र प्रवेशमा रोक

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 11:13 AM

काठमाडाैँ : बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ ।

म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।

उहाँले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताउनु भएको छ । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उहाँले बताउनु भएको छ ।

गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आउनु भएको थियो ।

म्यानमारमा सैन्य 'कू' को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]