आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

  फरकसन्देश || २०७७ चैत २० शुक्रबार 09:01 PM

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् ।

इन्स्टाग्राममा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हामी गर्भवती छौं ।’

आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]