महाकाली अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 05:21 AM

काठमाडाैँ : महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका– १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते नेपाल फर्केका उनमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।  

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयाे । ‘भर्खरै कोरोना संक्रमितको मृत्यु भएकोबारे खबर पाएको छु,’ उहाँले भन्नुभयाे, ‘अस्पताल जाँदै छु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’  

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा उनको पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार नाै सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् । मंगलबारमात्रै भीमदत्त नगरपालिका– २ का दुईजनामा कोरोना संक्रमण देखिएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]