सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 09:43 PM

सुर्खेत :  पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा नौ वटा  घर जलेर नष्ट भएका छन् । आगलागीबाट नौ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयाे । 

सिस्नेरी बस्तीमा  १८ घरधुरी रहेका छन् । उहाँले भन्नुभयाे ,‘आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले  तत्काल आगो नियन्त्रण गर्न नसक्दा  बस्तीमा आगो पसेको हो ।'

आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।  

'आगलागीबाट मानविय क्षती भने केही भएको छैन् ।  क्षतिको विवरण आउन समय लाग्ने छ,’ घर्तीले भन्नुभयाे  ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]